Message

2303

ग्रामीण महिला सेवा केन्द्र ग्रामीण महिलाहरूकै पहल तथा नेतृत्वमा वि.सं. २०५९ साल असार ११ गते स्थापना भएको एक गैह्र सरकारी संस्था हो । यस संस्थाले तत्कालिन ३८ वटा गा.वि.स. हरूमा महिला सहकारीको माद्ममबाट महिला, बालबालिका, दलित, जनजाति तथा पछाडी पारीएका जातजातीहरूको सामाजिक, अर्थिक, राजनैतिक तथा वातावरणिय सशक्तिकरणको क्षेत्रमा कार्यक्रम सन्चालन गर्दै अएकोमा हाल ३ वटा गाउँपालिका तथा १ वटा उपमहानगरपालिकामा (बागमती गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र हेटोडा उपमहानगरपालिका) बालिका तथा युवा महिला सशक्तिकरण (Lead & Decide) कार्यक्रम सन्चालन गरिरहेको छ । 

आफ्नो स्थापना कालदेखिनै मकवानपुरका अति विकट गा.वि.स.हरुमा आफ्नो कार्य क्षेत्र विस्तार गरि सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण, समूह सहकारीको संस्थागत विकासको लागि लघुवित्त कार्यक्रम, स्थानिय समुदाय परिचालन गरि वातावरण संरक्षण, स्थानिय संघ संस्थाहरुले प्रदान गर्ने सेवा सुविधा प्राप्तीको लागि नागरिक पहल जस्ता कार्यक्रमहरु संचालन गरि समुदायिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएकोछ । यस संस्थाले विभिन्न समयमा विभिन्न साझेदार संस्थाहरु जस्तै प्लान इन्टरनेशनल नेपाल, एक्सन एड इन्टरनेशनल नेपाल, केएर नेपाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, तत्कालिन जिल्ला विकास समिति मकवानपुर, हेटौडा नगरपालिका, जिल्ला शिक्षा कार्यलय मकवानपुर जस्ता संस्थाहरुसंग साँझेदारी गर्दै आफ्नो कार्यक्रमलाई विस्तार गर्दै आईरहेकोछ । यस संस्थाले विगतमा मकवानपुरको ३७ वटा गा.वि.स.मा ४१ वटा महिला सहकारीके क्षमता अभिवृद्धि र संस्थागत विकासको लागि सहयोग गरेको थियो । ४१ वटा महिला सहकारीका २३ सय महिला समूह, २३ हजार महिलाहरुसंग प्रत्यक्ष रूपमा काम गरि महिलाहरुको सामाजिक, आर्थिक, शैक्षिक, राजनीनितिक सशक्तीकरणको क्षेत्रमा अहम भूमिका खेलेकोछ । महिला सहकारीहरुको पहलमानै मकवानपुर बचत तथा ऋण सहकारी संस्था लि. मिति २०६१।०६२ मा दर्ता भई हाल सम्म पनि महिलाहरुले नै नेतृत्व गरि रहेको अवस्था छ ।

वि.स.२०५९ ।०६० र हाल २०७६ ।०७७ बीचको समयको तुलना गर्दा धेरै परिवर्तन भैसकेको अवस्था छ । एउटा सहकारीले ५ देखि १० करोड सम्म कारोबार गर्न थालेको छ । माइता जाँदा बाटो खर्च २,४ सय श्रीमानसंग माग्नु पर्ने अवस्थाको महिलाहरु अहिले आफ्नो व्यवसाय संचालन गरि आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् । घरबाट बाहिर निस्किन नसक्ने महिलाहरु अहिले विभिन्न स्थनिय, प्रदेश र केन्द्रसम्मको समिति संरचनामा पुगी निर्णयमा प्रभाव पार्न सक्ने भएका छन् । स्थानिय तथा जिल्ला तहमा निर्वाचनबाट जननिर्वाचीत नेतृत्व सम्हालि रहेका छन् । यस संस्थाले स्थानिय विषयगत जनशक्ति तयार गरि परिचालन गर्दै आएकोछ । यस संस्थाका समिति तथा सदस्यहरु जिल्ला भित्र र बाहिर पनि स्रोत व्यक्तिको रुपमा परिचालन भैरहेकाछन् ।

कुनै पनी संस्था आन्तरिक तथा बाह्य रूपमा सशक्त, प्रभावकारी एवं जिवन्त हुन एवं संस्थाले तय गरेका लक्ष प्राप्तिका लागी मानविय स्रोतको ठुलो भुमीका रहन्छ । आफ्नो वैयक्तिक जिवनको व्यवस्थापन गर्दै संस्थामा अहोरात्र खट्ने आवध्द सदस्यहरू र कर्मचारीहरूको योगदान तथा यस संस्थालाई यहाँसम्म ल्याउनको लागि  विभिन्न स्थानिय  सरकारी तथा गैर सरकारी संघ सस्था विभिन्न संचार माध्यम र समुदायबाट पनि धेरै सल्लाह सुझाव र सहयोग प्राप्त भएको हुँदा आज यस संस्थाले जिल्लामा आफ्नो पहिचान बनाउन सफल भएको छ । संस्थाले दिगो विकासको लागि सुशासनको चार खम्बालाइ अबलम्बन गरि नीतिगत रुपमा आफ्नो कार्यशैलीमा परिमार्जन गर्दै लगि रहेको अवस्था छ । यस संस्थाले सामाजिक लेखा परिक्षण, सहकारी एकिकरणको प्रकृया, शत प्रतिशत घर धुरीका महिला सहकारीमा आवद्धता, नागरिकता घुम्ती शिविर, लैंगिक हिंसा मूक्त क्षेत्र घोषणाको अभियान जस्ता जिल्लामा पहिचान राख्ने खालको उल्लेखनिय कार्य गर्न सफल भएको छ ।

विश्व कोरोना भाइरसको सङ्रक्रमणले आक्रान्त भएको अवस्थामा नेपाल पनी त्यसबाट मुक्त रहन सकेन । कोरोना सङ्क्रमणको जोखीम बढ्ने अवस्थाले गर्दा सरकार लकडाउन घोषणा गर्न बाद्य भयो । जसको प्रत्यक्ष असर निम्न वर्ग तथा मजदुरी गरी खाने र दैनिक ज्यालादारीहरूमा पर्न गयो । दैनिक छाक टार्न समेत कठिन भएको अवस्थामा मकवानपुर जिल्लाका स्थानिय तहहरूसँग समन्वय गरी त्यस्ता प्रकृतिका व्यक्ति तथा परीवारहरू छनोट गरी प्लान इन्टरनेशनलको सहयोगमा राहत वितरणको कार्यक्रम संचालन गरीयो । साथै यस महामारीको समयमा देखा परेका सामाजिक समस्याहरू जस्तैः बालबिबाह, लैङ्गीक हिंसा रोकथाम तथा नियन्त्रण गर्न समेत संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ ।      

विभिन्न आरोह अवरोहहरु पार गर्दै ग्रामिण महिलाहरुको पक्षमा निरन्तर नेतृत्वदायी भुमिका निर्वाह गर्दै  जिल्लामा महिला सहकारी स्थापना र संस्थागत विकासको लागि प्रविधिक सहयो साथै सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण जस्ता कार्यक्रमहरुको माध्यमबाट समूदाय र सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएकोछ । 

साथै यस संस्थालाई सबल बनाउन सहयोग, सल्लाह सुझाव उपलब्ध गराउनु हुने सबै सरकारी तथा गैर सरकारी संघसंस्था साथै सम्पुर्ण महानुभावहरुमा धन्यवाद व्यक्त गर्दछु र निरन्तर सहयोग उपलब्ध हुने अपेक्षा लिएको छु ।

संस्थालाई यहाँ सम्म ल्याउनको लागि स्थापनाकाल देखिनै अहम भूमिका खेल्ने सरकारी निकायहरू, स्थानिय तहहरू, दातृ निकायहरू, सम्पुर्ण कर्मचारी साथीहरू, पुर्व अध्यक्षहरू, संस्थापक सदस्यहरु एवं वर्तमान सदस्यहरू, कार्य समिती तथा उपसमितीका पदाधिकारीहररू, सल्लाहकार ज्यूहरू, लक्षित वर्ग, समुदाय तथा वुध्दिजिवी वर्गहरूमा हार्दिक धन्यवाद् ज्ञापन गर्दै थप सहयोग र सहकार्यको अपेक्षा राख्दछु ।  महिला, पछाडी पारिएको वर्ग र सहकारी मार्फत समुदायको विकास र अधिकारको पक्षमा नेतृत्वदायी भूमिका खेल्ने  महिला दिदी बहिनीहरुमा पनि हार्दिक आभार व्यक्त गर्न चाहान्छु । समुदाय परिचालन र समूह, सहकारी अभियानमार्फत सामाजिक रुपान्तरणको लागि जसको सवाल उसैको नेतृत्व र हिसां पिडितहरुको पक्षमा निरन्तर इमान्दार र सक्रियताका साथ लागी रहने प्रतिबद्घता व्यक्त गर्न चाहन्छु ।

Sulochana Syangtan

अध्क्यक्ष ः ग्रामीण महिला सेवा केन्द्र सम्पर्क नं. 9855069169


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here