बिधालय र समुदायमा आधारित किशोर किशोरीहरुलाई अनलाईन प्रोटेक्सन र यौन दुव्र्यवहार सम्बन्धी तालिम

37

यस ग्रामीण महिला सेवा केन्द्र हेटौंडा¬५,मकवानपुरको आयोजनामा र मकवानपुरगढी गाउँपालिका १ नं. वडा कार्यालय, मकवानपुरको आर्थिक सहयोगमा बिधालय र समुदायमा आधारित किशोर किशोरीहरुलाई अनलाईन प्रोटेक्सन र यौन दुव्र्यवहार सम्बन्धी तालिम मिति २०८१।०३।२२गते मकवानपुरगढी गाउँपालिका १ नं. वडामा अवस्थित श्री रानीसेरा माध्यमिक विद्यालयको किशोर किशोरी विधार्थीहरुको सहभागितामा र २३ गते समुदायमा आधारित रहेका किशोर किशोरीहरुको सहभागितामा जम्मा पहिलो दिनमा ३५ जना र दोस्रो दिनमा ५३ जनाको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको उद्देश्य अनलाईन प्रोटेक्सनको परिभाषा दिई समुदायमा अन्य व्यक्तिहरुलाई पनि जानकारी गराउन सक्नु बनाउनका साथै परिवर्तनको शुरुवात आफुबाट गरी अरुलाई पनि अनलाईन प्रोटेक्सन र यौन दुव्र्यवहारको बारेमा परिवार, बिधालय र समुदायमा सचेत गराउन सक्ने उद्देश्यकासाथ यस कार्यक्रम सञ्चालनभएको थियो ।


तालिम ग्रामीण महिला सेवा केन्द्रको अध्यक्ष श्री सुलोचना स्याङतान ज्युको सभाध्यक्षतामा र मकवानपुरगढी गाउँपालिका १ नं.वडाका वडा अध्यक्ष श्री आईत सिं लो ज्युको प्रमुख आतिथ्यितामा वडा सदस्यज्युहरु, वडा सचिव ज्यु लगाएत वडाका सम्पुर्ण कर्मचारी ज्युहरुको उपस्थितिमा सम्पन्नभएको थियो । उक्त कार्यक्रमको प्रशिक्षक श्री चिरञ्जीवी लामिछाने ज्यूबाट गर्नु भएको थियो ।