“महिला सशक्तिकरण तथा क्षमता अभिवृद्धि”महिलाहरुको लागि मसला जन्य तथा फलफुल उत्पादन सम्बन्धि तालिम

241

ग्रामीण महिला सेवा केन्द्र, हेटौडा मकवानपुरको आयोजना तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश हेटौडा मकवानपुरको आर्थिक सहयोगमा कृषि पेशामा संलग्न ग्रामीण महिलाहरुको सशक्तिकरण तथा क्षमता अभिवृद्धिगरि, महिलाहरुलाई स्वरोजगार एवम् आत्मनिर्भर बनाउनको लागि कृषि पेशालाई व्यवसायीकरणमा सहयोग पुर्याउन र आयस्तरमा वृद्धि गर्ने हेतुले २०८० पौष ३ र ४ गते यसै मकवानपुरगढी गाउँपालिका ५ को ३२ जना उपभोक्ताहरुको सहभागितामा वेसारको विउँ पुजी वितरण सहितको तालिम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा यसै ग्रामीण महिला सेवा केन्द्रको अध्यक्ष श्री सुलोचना स्याङ्गतान ज्यूको सभाध्यक्षतामा र यसै मकवानकपुरगढी ५ न. को वडा अध्यक्ष श्री दिपेश दाहाल ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रमको प्रशिक्षक कृषि प्राविधिक श्री आविष्कार अतिवडा ज्यू, श्री चन्द्रकान्त चौधरी ज्यू, र श्री गोपाल लम्साल ज्यूवाट गर्नु भएको थियो ।