लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम

264

ग्रामीण महिला सेवा केन्द्र, हेटौंडा ­¬५, मकवानपुरको आयोजनामा र नेपाल सरकार, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौंडाको आर्थिक सहयोगमा सञ्चालित महिला सशक्तिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण सम्वन्धी १ (एक) दिने कार्यक्रम हे.उ.न.पा.—१३ पदमपोखरीमा मिति २०८०।९।२ गतेहे.उ.न.पा.—५ लट्ठीनाथमार्गमा मिति २०८०।९।५गते मकवानपुरगढी—२शिखरकटेरीमा मिति २०८०।९।४ गते हे.उ.न.पा—१५ रातोमाटेमा मिति २०८०।९।३ गतेगरी जम्मा चार स्थानमा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको प्रशिक्षक ग्रामिण महिला सेवा केन्द्रको पूर्व कार्यक्रम संयोजक श्री दिपक न्यौपाने ज्यूवाट गर्नु भएको थियो । यस कार्यक्रमवाट लैङ्गिक हिंसा भनेको के हो, कसरी र कसलाई भनिन्छ भन्ने विषयमा जानकारी हुनुका साथै न्यूनीकरण तथा रोक थाम कसरी गर्न सकिन्छ भन्ने कुराहरुमा १०० जना सहभागीहरुले ज्ञान हासिल हुन सकियो ।