सामाजिक कुरीति (लैगिंक हिंसा) न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रममा

278

मिति२०८०।१२।२७ गते जिल्ला समन्वय समिति, मकवानपुरको आयोजनामा र ग्रामीण महिला सेवा केन्द्र, हेटौंडा – ५ मकवानपुरको व्यवस्थापनमा सामाजिक कुरीति ( लैगिंक हिंसा ) न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख श्री ललितबहादुर घलान ज्यूको अध्यक्षता र नेपाल सरकार वागमती सामाजिक विकास मन्त्रालय वागमती प्रदेशको माननिय श्री कुमारी मुक्तान ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । जसमा भिमफेदीगा.पा., गढी गा.पा., वकैयाँ गा.पा. र हेटौडा उपमहानगर पालिकाको सहभागितामा लैगिंक हिंसा सम्बन्धी नानुनी विषेशज्ञ वार यसोसियसन मकवानपुरकी अध्यक्ष श्री अप्सरा वस्नेत, माईती नेपालकी कार्यक्रम संयोजक माया लामा र महिला तथा जेष्ठ नागरीक सहायक इलाकाकी प्रमुख श्री संगिता लामा ज्यूले आफ्नो कार्यप्रत्र प्रस्तुतगरि कानुनी विषयमा जानकारी गराउनु भएको थियो ।