यस ग्रामीण महिला सेवा केन्द्रको २३ औं वार्षिक साधारण सभा यसै ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष श्री सुलोचना स्याङ्तान ज्यूको सभाध्यक्षतामा , नेपाल सरकार वागमती प्रदेश नि.वर्तमान सामाजिक विकास मन्त्री माननीय श्री कुमारी मुक्तान ज्यूको प्रमुख आतिथ्यतामा , हे.उ.न.पा. ५ नं. वडा अध्यक्ष श्री सुशिल राज घिमिरे , गैह्र सरकारी संस्था महासंघ जिल्ला शाखा मकवापुरको सचिव श्री सन्तोष पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरको प्रतिनीधि श्री सर्मिला महत, ग्रामीण महिला सेवा केन्द्रको संस्थापक अक्ष्यक्ष तथा सल्लाहकार श्री भगवती पुडासैनी, पूर्व अध्यक्ष श्री पावर्ती राना, श्री शर्मिला श्रेष्ठ नि.वर्तमान अध्यक्ष श्री उर्मिला कार्की र मिडियाका संचार कर्मीहरुको आतिथ्यता र उपस्थितिमा २३ औं वार्षिक साधारण सभा यसै ग्रामीण महिला सेवा केन्द्रको आफ्नै भवनमा सम्पन्न भयो ।