असल अभिभावक शिक्षा सम्बन्धी कार्यक्रम

37

यस ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा र मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा मकवानपुरगढी गाउँपालिकाको वडा नं. १,२,३,४,५,६,७,८ को १० वटा कार्यक्रम १० वटा स्कुलहरुमा १० स्थानको १० वटा स्कुलहरुको अभिभावकहरुको सहभागितामा मिति २०८२ जेष्ठ ३० देखि अषाढ १२ गते सम्ममा कार्यक्रम सम्पन्न गरिएको थियो । यस कार्यक्रमको मुख्य उधेश्य भनेको विधालयका अभिभावकहरुलाई आफ्नो नानि बाबुहरुको उज्वल भविश्यका लागि घर देखि विधालयसम्म राम्रो ज्ञान, सिप र क्षमतामा वृद्धि गराउनको लागि विद्यालयको मात्र निर्भर नरहि पहिलो प्राथमिक्ता आफ्नो घरलाई दिनुपर्छ । घरमा आफ्नो वालवालिकालाई राम्रो शिक्षा दिन सकियो भने विद्यालयमा राम्रो शिक्षा लिई अगाढी बढ्न टेवा पुग्नेछ भन्ने मुख्य विषयलाई मध्यय नजर राखि कार्यक्रम संचालन गरिएको थियो । जसमा जम्मा ६९१ जनाको सहभागि भएको थियो भने जस मध्यय जातियताको हिसावले ब्रामहण÷क्षेत्री÷ठकुरी १३२ जना जानजाति ५४० जना र १९ जना दलितको सहभागितामा कार्यक्रम संचालन भएको थियो ।