टोल विकास संस्थाका पदाधिकारी महिलाहरुलाई नेतृत्व विकास सम्बन्धी कार्यक्रम

45

यस ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा र हेटौडा उपमहानगरपालिका ११ नं. वडा कार्यालय , मकवानपुरको आर्थिक सहयोगमा ११ नं वडाका टोल विकास संस्थाको पदाधिकारी महिलाहरुलाई नेतृत्व विकास सम्बन्धी सचेतना मुलक कार्यक्रम मिति २०८२ वैशाख २२ गतेका दिन सामुदायिक प्रहरी सेवा केन्द्र , नवलपुर ११ मा संञ्चालन गरिएको थियो । यस कार्यक्रमको मुख्य लक्ष्य टोल बिकास संस्थामा आबद्ध रहेका नेतृत्वदायि पदमा हुनुभएका पदाधिकारीहरुमा आफ्नो काम, कर्तव्य र अधिकारको बिषयमा प्रष्टसँग बुझि कार्यान्वयन गर्नेछन् हाल टोलमा भैरहेको बिकृति, बिसंगति तथा दुव्र्यसनीलाई न्युनीकरण देखि अन्य नेतृत्वदायी भुमिका निर्वाह गर्ने ज्ञान सीप र क्षमतामा वृद्धि गरिएको थियो । उतm कार्यक्रममा ११ नं. वडा भित्र रहेका १२ वटा टोल बिकास ‘ंसंस्थाका अध्यक्ष सचिव कोषध्यक्ष,सदस्य तथा उपभोक्ताहरुको गरी जम्मा ५१ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । जसमा जम्मा २ जना पुरुष र ४९ जना महिला थियो भने जसमा जम्मा ४ जना दलित, २१ जनजाती र २६ जना ब्रमहण ÷ क्षेत्री गरि जम्मा ५१ जना को सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।