मनहरी गाउँपालिकाको सहकारी संस्थाहरुलाई कोपोमिस सम्वन्धि तालिम

45

यस ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा र मनहरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आर्थिक सहयोगमा सहकारी संस्थाका प्रतिनिधिहरुलाई पुर्णतय प्रयोगात्मक विधिबाट मनहरी गाउँपालिकाको वडा नं. ३ को लामिटार भवनमा मिति २०८२ बैशाख २९,३० र ३१ गते गरि सम्म ३ दिने तालिम सञ्चालन गरिएको थियो । यस तालिम गर्नुको उधेश्य पालिकाभित्र रहेका सहकारी संस्थाहरुलाई कोपोमिस प्रणालीमा आवद्ध गराउनुका साथै सहकारी संस्थाहरुलाई ब्यवस्थित वनाई सहकारी ऐन नियम अनुरुप सञ्चालन गर्नुको साथै संस्थाहरुले जुनसुकै समयमा आफ्ना विवरणहरु प्रविष्टि गर्न, प्रतिवेदनहरु गर्न र सूचनाहरु प्राप्तगर्न सक्नेछन् भन्ने उधेश्यले यस तालिम संचालन गरिएको थियो । उक्त तालिममा जम्मा १३ वटा सहकारीहरु गरि जम्मा १७ जनाको सहभागिता भएको थियो । जसमा ७ जना पुरुष र १० जना महिला थियो जस मध्यय जातियताको हिसावले ६ जना जनजाति र ११ जना ब्रामहण ÷ क्षेत्रीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।