यस ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा र हेटौडा उपमहानगरपालिका १४ नं. वडा कार्यालय , मकवानपुरको आर्थिक सहयोगमा मकैको खोष्टा र बाबियोबाट चकटी , गुन्द्री र ढकीयाँ बनाउने सम्बन्धी तालिम मिति २०८१ फागुण १९, २० र २१ गते सम्म प्रगती आवासिय केन्द्र हेटौडा ५, मकवानपुरको तालिम हलमा संञ्चालन गरिएको थियो । यस कार्यक्रमको मुख्य लक्ष्य महिलाहरुलाई सीप सिकाई आयआर्जन बृद्धि गरी आर्थिक सशतिmकरणमा मजबुद गराउनेका साथै महिलाहरुले अनाबश्यक रुपमा मोबाईल प्रयोगले आफ्नो र बालबालिकाहरुको स्वास्थ्यमा पर्न गएको असरलाई न्युनीकरण र वातावरणीय अनुकुल राख्नमा समेत टेवा पु¥याउने उद्देश्यले यस कार्यक्रम संचालन गरिएको थियो । यस तालिममा हेटौडा उपमहानगरपालिका १४ नं वडा भित्रका १५ जना महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

