परम्परागत सिपमा आधारितमकैको खोष्टा र बाबियोबाट हस्तकला जन्यसामाग्री बनाउने सम्बन्धी तालिम

47

यस ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा र हेटौडा उपमहानगरपालिका १३ नं. वडा कार्यालय , मकवानपुर , हेटौडाको आर्थिक सहयोगमा मकैको खोष्टा र बाबियोबाट चकटी , गुन्द्री र ढकीयाँ बनाउने सम्बन्धी तालिम मिति २०८१ बैशाख ९ देखि १५ गते प्रगती आवासिय केन्द्र हेटौडा ५, मकवानपुरको तालिम हलमा संञ्चालन गरिएको थियो । यस कार्यक्रमको मुख्य लक्ष्य महिलाहरुलाई सीप सिकाई आयआर्जन बृद्धि गरी आर्थिक सशतिmकरणमा मजबुद गराउनेका साथै महिलाहरुले अनाबश्यक रुपमा मोबाईल प्रयोगले आफ्नो र बालबालिकाहरुको स्वास्थ्यमा पर्न गएको असरलाई न्युनीकरण र वातावरणीय अनुकुल राख्नमा समेत टेवा पु¥याउने उद्देश्यले यस कार्यक्रम संचालन गरिएको थियो । तालिममा हेटौडा उपमहानगरपालिका १३ नं वडा भित्रका २३ जना उपभोक्ता सदस्यहरु जसमा महिला, बालबालिका, दलित र एकल महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।