गृहिणी महिलाहरुलाई स्वरोजगार बनाउनकोलागि ४ दिने अचार बनाउने सम्बन्धी तालिम

47

यस ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा र हेटौडा उपमहानगरपालिकाको हेटौडा १० नं वडा कार्यालयको आर्थिक सहयोगमा संचालित गृहिणी महिलाहरुलाई स्वरोजगार बनाउनको लागि विभिन्न परिकारका अचार बनाउने सम्बन्धी मिति २०८२ बैशाख १८ देखि २१ सम्म ४ दिने तालिम प्रगती आवासिय केन्द्र हेटौडा ५ को तालिम हलमा संचालन गरिएको थियो । हाल भैरहेको महिलाहरुले अनाबश्यक रुपमा मोबाईल प्रयोगले आफ्नो र बालबालिकाहरुको स्वस्थ्यमा पर्न गएको असरलाई न्युनीकरण गर्दै विभिन्न परिकारहरु अचार बनाउन सिकाई गृहिणी महिलाहरुलाई घरमै बसी स्वरोजगार बनाई आर्यआर्जन बृद्धि गरी आर्थिक सशतिmकरणमा मजबुद गराउने हेतुले मिति २०८२ बैशाख १८ देखि २१ सम्म ४ दिने तालिममा ८ वटा टोल विकास संस्थावाट जम्मा १३ जना गृहिणी महिलाहरुको उपस्थितिमा ८ परिकारका अचारहरु सिक्ने कार्य सम्पन्न गरिएको थियो ।
अचारको परिकार
१.बफ अचार
२. चिकेन अचार
३.खुर्सानी र टिमुरको अचार
४.धुलो मेथिको अचार ,
५.करेलाको अचार
६.उमारेको मेथिको अचार
७.मुलाको मिक्स अचार
८.भट्मास र गुन्द्रुकको अचार